माछा मार्दा करेन्ट लागेर एक जना गम्भीर घाइते

झापा । कचनकवल गाउँपालिका–७ (फर्साडाँगी)स्थित घरनजिकै खेतमा मोटरबाट पानी फ्याँकी माछा मार्ने क्रममा मोटर सर्ट भई करेन्ट लाग्दा १ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा सोही स्थानका स्थानका अन्दाजी ५० बर्षीय गोबिन राजवंशी रहेका छन्। आइतबार दिउँसो ४ बजे करेन्ट लागेर खेतमा लडेको देखेपछि स्थानीयले तत्काल कचनकवल गाउँपालिकाको एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए…