दार्चुला । शैल्यसिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर नगरपालिका–२ रौतेउडा निवासी २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेलधुरा हिँडेका कपाडीको शव र मोटरसाइकल सोमबार (आज)भेटिएको उनले बताए । मोटरसाइकल…