महानगरले थप २ वटा कलेजमा गर्यो सिलबन्दी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले थप २ वटा कलेजमा सिलबन्दी गरेको छ । अवैधरूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान सुरु गरेको महानगरपालिकाले पछिल्लोपटक वडा नं १६ स्थित अन्नपूर्ण कलेज र वडा नं ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको हो । अन्नपूर्ण कलेज श्रीमाइस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैधरूपमा सञ्चालित गरेकाले…