हतुवागढीमा श्रमदान,साढे ४ किलोमिटर सडक मर्मत

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे ४ किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे ४ किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए…