चुरियामाईमा बस दुर्घटना : ७ जनाको मृत्यु, १७ घाइते (नामावलीसहित)

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको हो । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।…