गोरखा । जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुला गरेको छ । नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधानअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको वर्गीकरण गरी कित्ताकाट खुला गरेको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए । नगर क्षेत्रभित्रको जग्गा ९ भागमा वर्गीकरण गरिएको उनले बताए । ‘कृषि, व्यावसायिक,…