वडाध्यक्ष रोकायासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ११ लाख बिगाे माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा मड्केचुला गाउँपालिका- ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत…