मधेस प्रदेश । मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि भएको छ। विशेष अदालतले साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित दुई जनालाई कैद सजायको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै दुई जनालाई दोषी ठहर गरेको…