स्यालको टोकाइबाट १२जना घाइते, एक महिला गम्भीर

रौतहट । बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ। गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।…