बेसारमा कनिका मिसाएर पिस्दै गर्दा अनुगमन टोली पुगेपछि…

धरान । चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । अनुगमन टोलीको स्थलगत रिपोर्टको आधारमा प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताए । धरान–११ स्थित चण्डेश्वरी कुटानी पिसानी…