दाङ । जिल्लामा प्रहरीले मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० सौडिकुला बस्ने ३२ वर्षीया मीना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनलाई घोराही १८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला…