नालामा खसेर बालकको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर २ वर्षीय रोहन मुखियाको मृत्यु भएको छ । शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् । शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए ।…