कञ्चटमा हिर्काएर आमाको हत्या, छोरा पक्राउ

सुनसरी । धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए। राईलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रेग्मीले बताए।…