शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’ कानुनी विवादमा तानिएपछि तत्कालका लागि प्रदर्शन रोकिएको छ । उच्च अदालत पाटनले वैशाख २२ सम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै फिल्मको प्रदर्शन रोकिएको हो। प्रदर्शनको पूर्वसन्ध्यामा प्रचारप्रसार दौड र ‘प्रिमियर शो’को तयारीमा रहेका फिल्मका कलाकार तथा प्राविधिकहरू अदालतको आदेशपछि निराश बनेका छन् । मंगलबार…