नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपाल अन्तिम ओभरमा १३ रन बनाउन नसक्दा पराजित भएको हो । स्कटल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाललाई जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक थियो । क्रिजमा रहेका गुल्शन झा र नन्दन यादवले…