गिरिजाप्रसादको स्मृतिमा देउवाको खुलासा : गणतन्त्रदेखि पार्टी विभाजनसम्म

काठमाडौ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बिन्दास मुडमा प्रस्तुत भए। जय नेपाल फाउन्डेसनले आयोजना गरेको उक्त समारोहमा देउवाले कोइरालासँगको विगतको झगडा, पार्टी विभाजन र एकताको कथा खुलस्त सुनाए। देउवाले आफ्नो र कोइरालाको सम्बन्धमा विगतको तिक्तता स्वीकार्दै भने, "हाम्रो बिचमा झगडा भएको यहाँहरूलाई…