‘भ्रष्टाचार अन्त्य गर्न खोज्दा रवि कारागार पुगेँ, त्यसको हिसाबकिताब समयले गर्छ’: डिपी अर्याल

काठमाडौँ- रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले नागार्जुन पुगेर पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाएका छन्। पार्टीको नागार्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारागारबाट अविचलित भएर पार्टी निर्माणमा लाग्न आग्रह गरेको बताए। उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा गर्नुपर्छ, पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन। उहाँले कारागारमा बसेर…