प्रहरीले जनताका मुद्दा बोक्नुपर्छ : गृह मन्त्री लेखक

काठमाडौँ - गृह मन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् । आज जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । गृह मन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरे । गृह मन्त्री लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु,…