ओलीको तेस्रो कार्यकाल कि भण्डारीको पुनरागमन ? एमालेमा विधान संशोधनको रस्साकस्सी

काठमाडौँ — नेकपा (एमाले) ले आगामी भदौमा हुने विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। यो महाधिवेशनमा विधान संशोधन मुख्य एजेन्डा रहने छ भने पार्टीभित्र उमेर हद र कार्यकारी पदको कार्यकाललाई लिएर चर्को बहस हुने देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चाले पनि यो बहसलाई थप पेचिलो बनाएको…