काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रिक्त पदपूर्तिका लागि आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न उपयुक्त हुने बताएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित…