भोलि बिहान ८ बजेलाई सर्‍यो एमाले मतदान

काठमाडौँ । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले बताएका छन्। ‘आज प्राविधिक कारणले मतदान हुन सकेन, ’उनले भने, ‘भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ।’ विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले…