महासचिव पदका  नेताबीचको विवादले एमाले अध्यक्ष ओली तनावमा

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन चलिरहेका बेला पार्टीको शीर्ष नेतृत्व चयनमा देखिएको विवादले अध्यक्ष केपी शर्मा ओलीलाई तनावग्रस्त बनाएको छ । विशेष गरी महासचिव पदका तीन आकांक्षीबीचको अडानका कारण सहमति जुट्न नसक्दा ओली दबाबमा परेका हुन् । महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका अध्यक्ष ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा…