कर्फ्यु तोडियो, संसद भवन अगाडि जेनजी पुस्ताहरु निस्किए

काठमाडौं– बिहान ८ः३० देखि अनिश्चितकालका लागि जारी गरेको कर्फ्यु आदेश तोड्दै जेनजी पुस्ता भ्रष्टाचारबिरोधी आन्दोलनमा सक्रियताका साथ निस्किएका छन्। उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन्। १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन्। बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल…