फरार सांसद टाेपबहादुरले पठाए बिरामी भएकाे जानकारी पत्र

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी हुनासाथ फरार भएका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् । उनले आफू उपचाररत रहेकाले संसद्‌मा उपस्थित हुन नसकेको पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन् । उनले इमेलमार्फत सचिवालयलाई पत्र पठाएका हुन् ।…