काठमाडौँ । हरेक पटकको विभूषण वितरणमा व्यापक आलोचना हुने गरेको परिस्थितिलाई नीति, मापदण्ड र प्रक्रियागत रूपमै आलोचनारहित बनाउन सरकारले त्यससम्बन्धी सुझाव कार्यदल बनाउने भएको छ। शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक हुने आमअनुमानविपरीत सरकारले यसपालि त्यसलाई स्थगित गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ- "संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट…