रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् । ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम…