काठमाडौँ- प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले नेता र कर्मचारीको मनस्थिति एकात्मक भइरहँदा मुलुकलाई संघात्मक संरचनामा लैजान सकिन्छ भन्ने प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले संघीय निजामती सेवा विधेयकको ढिलो प्रक्रिया र कार्यसूचीबाट हटाउने कार्यप्रति गम्भीर आपत्ति जनाए। “निजामती विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा धेरै छलफल र बहस भएको थियो। अघिल्लो…