काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल राष्ट्रपति भएर शीतलनिवासबाट बाहिरिएको साढे तीन वर्षपछि शनिबार सक्रिय पार्टी राजनीतिमा फर्कने औपचारिक घोषणा गरेकी छन्। नेकपा (एमाले) को विधान महाधिवेशनको पूर्वसन्ध्यामा भएको यो घोषणाले पार्टीभित्र नयाँ हलचल ल्याएको छ। केपी शर्मा ओलीको नेतृत्वमा एमाले एकलौटी जस्तै देखिएको बेला भण्डारीको यो कदमले पार्टीमा शक्ति संघर्षको संकेत गरेको छ।…