सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै माओवादीद्वारा सरकारसँग जवाफ माग

काठमाडौ- प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले करका दर हेरफेर गरिएको भन्दै सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री रहेका सांसद वर्षमान पुनले पहिलो चौमासिक मै करका दल हेरफेर गर्ने के कारण आइलाग्यो भन्दै सरकारको जवाफ माग गरेका हुन् । पुनले सरकारका तर्फबाट अर्थमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । उनले सदन चलिरहेको बेलामा…