संवैधानिक परिषदबाट मगरलाई ‘आउट’ गर्ने कांग्रेस–एमाले निधो

काठमाडौं– संवैधानिक आयोगमा नियुक्ति गर्ने संवैधानिक परिषदको सदस्यबाट उपसभामुख इन्दीरा मगरलाई आउट गरी कांग्रेसको सहभागीता गराउने सत्ता साझेदार दुई दलले निधो गरेकाछन्। यसका लागि संवैधानिक परिषदको सदस्य रहने उपसभामुख मगरविरुद्ध महाअभियोग दर्ता गराउने तयारी कांग्रेस र एमालेले गरेका छन्। त्यसको पूर्वसन्ध्यामा कांग्रेसले पदाधिकारी बैठक राखेको छ भने एमालेले संसदीय दलको बैठकमा भटाभट हस्ताक्षर संकलनको काम…