विराटनगर । कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको छ । बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास सिटीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला…