‘आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ ?’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्। आज (बुधबार) काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री…