‘सीमापार सुरक्षामा सक्रिय भूमिका खेल्न तयार सरकार तयार छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सीमापार सुरक्षामा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समकक्षीहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताएका हुन्। अपराधीहरूले प्रविधिको दुरुपयोग गरी…