राजावादी सक्रिय भएको भन्दै माओवादी अभियान स्थगित, डाकियो पदाधिकारी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले विकसित पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ स्थगित गरेको छ । आज (शनिबार) रौतहटमा जारी कार्यक्रमपछि शीर्ष नेताहरू काठमाडौं फर्कने तयारीमा छन् । माओवादी नेतृत्वले राष्ट्रिय राजनीतिमा देखिएको नयाँ परिस्थितिलाई बुझ्न र आवश्यक रणनीति बनाउन अभियानलाई केही समयका लागि रोक्ने निर्णय गरेको हो…