काठमाडौं। नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच बुधबार साँझ नौ बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोली र शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको वार्तापछि यो सहमति सम्पन्न भएको हो। नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले आफूहरूको नौ बुँदे माग सम्बोधन गर्न तयार भएको बताइन्। उनले भनिन्, "नौ बुँदे…