काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा बस्ने उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा १३ गते बेइजिङ भ्रमण स्वीकृत गर्ने प्रस्तावमाथि छलफल गर्नेछ।…