काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा शुक्रबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रचण्डले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए । ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन्,’…