काठमाडौं । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बुधबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले विधेयक संशोधनसहित पारित गरेको हो । विधेयकसम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले बताइन् । समितिको बैठकले उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेस…