प्राधिकरणले बक्यौता रहेका ६१ वटै उद्योगको टीओडी मिटरको विवरण लेखा समितिमा बुझायो

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपुर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटासहितको प्रमाण सार्वजनिक लेखा समितिलाई बुझाएको छ। टिओडी मिटरको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसलालगायतका विवरण प्राधिकरणले समितिमा बुझाएको हो। समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट बिभिन्न कागजपत्र प्राप्त भएको बताए। त्यसमा अब समितिले अध्ययन गर्ने उनको भनाइ छ।…