संविधान संशोधन पश्चगमन होइन, पञ्चायतकालमा जस्तो अलमल्याउन नखोजौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय विषय नभएकाले आवश्यकता अनुसार संविधान, ऐन-कानूनमा संशोधन र परिमार्जन हुने बताएका छन् । संविधान संशोधनलाई पश्चगमन भन्ने भनाइप्रति उनले आपत्ति प्रकट गरे । ‘संविधान संशोधन गर्नु पश्चगमन हो भन्ने कतिपयको भनाइ पनि सुनेको छु । आफूले भनेको कुरा नभए पश्चगमनको पोशाक लगाइदिने हाम्रो अचम्मको संस्कृति छ ।…