हेटौंडा । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार निर्माणमा मार्ग प्रशस्त गर्नको लागि अनुरोध गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ…