डा. शेखर कोइराला नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू उपस्थित भएर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको थियो । त्यहीअनुसार पार्टी कार्यालयका कर्मचारीले बिहानैदेखि कांग्रेस बिटका पत्रकारलाई खबर गरिरहेका थिए ।…