कांग्रेसले लुम्बिनीबाट बासुदेव जंगलीलाई राष्ट्रिय सभामा पठाउने

रुपन्देही  । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट बासुदेव जंगली घिमिरेलाई उम्मेदवार बनाउने भएको छ। उनलाई अपाङ्गता भएका व्यक्ति क्लस्टरबाट अगाडि सारिएको हो। घिमिरे दाङ जिल्लाको लमही नगरपालिका–१ का स्थायी बासिन्दा हुन्। उनी कांग्रेसका पुराना तथा सक्रिय नेता हुन् र सोही क्षेत्रमा क्षेत्रीय सभापति भइसकेका छन्।  घिमिरे पार्टीका नेता डा शेखर…