कर्मचारी सरुवामा मन्त्रीकाे सचिवालयकाे चलखेल !

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाइ गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ । सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ ।…