राष्ट्रियसभा सदस्यमा एमालेकी अन्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा‍. अन्जान शाक्य मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । नेपालको संविधानको…