काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता वा सहकार्य हुने सम्भावना समाप्त भएको छ। आइतबार राति भएको निर्णायक वार्ता शक्ति बाँडफाँटमा कुरा नमिलेपछि निष्कर्षविहीन बनेको हो। रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार साँझदेखि मध्यरातसम्म चलेको छलफलमा सहमति जुट्न सकेन। स्रोतका अनुसार…