‘कांग्रेसले हिन्दु राष्ट्र नस्वीकारे दुर्घटना हुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दु राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाउँदा पनि आत्मसात् नगरेको गुनासो गरेका हुन् । ‘कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिभन्दा पनि माथि विधान सम्मेलन हुन्छ ।…