स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: विशिष्ट श्रेणीका कर्मचारीको सरुवा कुन कानूनअनुसार गरिएको हो ?

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विशिष्ट श्रेणीका कर्मचारीहरूको सरुवासम्बन्धी निर्णय प्रक्रियाबारे स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को अनुमोदनबिना आफ्नै स्तरबाट विशिष्ट श्रेणीका कर्मचारीहरूको सरुवा, पदस्थापना र विदेश भ्रमणका निर्णयहरू गरेको भन्दै कानुनी आधार खुलाउन निर्देशन दिइएको हो। प्रधानमन्त्री कार्यालयको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाबाट पठाइएको पत्रमा विशिष्ट…