कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडाएको झोलुंगे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडाएको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो । अविरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ ।…