काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले ‘द फ्रेड हलोज फाउण्डेसन’ अष्ट्रेलियासँगको सहयोगमा बाराको निजगढमा सामुदायिक आँखा अस्पताल निर्माण सम्पन्न गरी सेवा शुरु गरेको छ। अस्पताल परिसरमा आयोजित समारोहमा बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल उद्घाटन गरेका हुन्। करिव ३० करोडको लागतमा बनेको यस अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई…